सन्दीप लामिछाने आज रिहा हुँदै
२९ पुस, काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज (शुक्रबार) सशर्त रिहा हुने भएका छन् ।
बिहीबार पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएसँगै उनी आज रिहा हुन लागेका हुन् । सन्दीप आज २० लाख रुपैयाँ धरौटी बुझएर रिहा हुन लागेका हुन् ।
बिहीबार सन्दीपले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै आदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो ।
गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौं अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग समेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।
सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान रोक लगाएको छ । त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ । यस्तै, सन्दीपले आफूमाथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply