अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन चैत २४ र २५ गते काठमाडौंमा
२९ पुस, काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) को सातौं राष्ट्रिय सम्मेलन आगामी चैत २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।
सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सातौँ सचिवालय बैठकले राष्ट्रिय सम्मेलनको निर्णय गरेको हो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेल, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको आतिथ्यमा सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति गठन गरेको छ ।
बैठकले नीति तथा कार्यक्रम मस्यौदा, सामग्री व्यवस्थापन, राजनीतिक÷सांगठनिक प्रतिवेदन, निरिक्षण तथा अनुगमन, सम्पर्क समन्वय, अनेमसंघ र पार्टीको विकासमा योगदान दिने व्यक्तित्व सम्मान, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, सांस्कृतिक, स्वास्थ्य, विधान मस्यौदा, मञ्च व्यवस्थापन, आर्थिक, प्रचारप्रसार, अतिथि सत्कार, यातायात व्यवस्थापन, आवास व्यवस्थापन, स्वयंसेवक परिचालन र खाद्य व्यवस्था उपसमिति गठन गरेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply