कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित
१ माघ, सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा सुर्खेतकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् ।
प्रदेश सभा सभामुखको आइतबार भएको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।
गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३ र राप्रपा एक मत प्राप्त भएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरे ।
ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट र एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने मतदान गरेनन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले सुर्खेकी गुरुङलाई सभामुखको उमेदवार बनाएको हो ।
कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply