पाँच वर्षपछिको ठेगान नभएका दलले मुलुक समृद्धिको नेतृत्व गर्न सक्दैन : पोखरेल
२ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुक समृद्धिको नेतृत्व गर्न नसक्ने बताएका छन् । अनेरास्ववियुले आज (सोमबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले ७४ सालको चुनावमा काठमाडौं उपत्यकामा विवेकशिल साझाका नाममा लहड शुरु भएको र चार वर्ष नपुग्दै चुनाव लड्दा जमानत जफत भएको स्मरण गरे ।
उनले कुनै पनि समाजलाई नेतृत्व दिनका लागि विचारधारमा आधारित राजनीतिक कार्यदिशा स्पस्ट भएको शक्ति आवश्यक रहेको बताएका छन् । त्यस्तै उनले धेरै राष्ट्रिय दलहरु भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने भएकाले मुलुकलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक हुनुपर्ने उल्लेख गरे ।
दुनियाँमा कहीँ पनि राजनीतिक दलहरू मिलेर मुलुक बनेको इतिहास नरहेको भन्दै पोखरेलले देश बनाउन राजनीतिक शक्तिको केन्द्रीकरण अपरिहार्य हुने बताएका छन् । महासचिव पोखरेलले वामपन्थीको सरकारलाई कमजोर पार्न विभिन्न षडयन्त्रहरु हुने गरेको पनि बताए । संसद विघटन कांग्रेसले गर्दा अदालत नबोल्ने र बामपन्थीले ताजा जनादेशमा जाने निर्णय गर्दा अदालत प्रयोग हुने गरेको उनको भनाइ छ ।
महासचिव पोखरेलले अहिले पनि राज्य संयन्त्रभित्रको प्रशासनिक ढाँचा पूर्णत लोकतन्त्रीक बन्न नसकेको बताए। कार्यक्रममा उनले आगामी स्ववियु निर्वाचनमा संगठनलाई जिताउनका लागि आवश्यक भूमिका खेल्न निर्देशन दिए ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply