सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित
३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुड गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् ।
कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी एमालेकी चौधरी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।
माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।
चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।
यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो ।
पन्तलाई नेपाली कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी)का ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले मतदान गरेका हुन् ।
उनी एकीकृत समाजवादीकी कञ्चनपुरबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य हुन् । मंगलबार बिहान बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply