मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए सबै सांसदबाट विश्वासको मत
४माघ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा यादवले कांग्रेससहित सबै दलको विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएसँगै मधेस प्रदेशसभा प्रतिपक्षविहीन बनेको छ । प्रदेशसभामा रहेको १० राजनीतिक दल र स्वतन्त्र सांसदहरुले यादवलाई विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा बुधबार प्रदेशसभामा उपस्थित १०२ जना सांसदमध्ये उनको पक्षमा १०२ जना सांसदले मत दिएका हुन् । विपक्षमा कुनै पनि मत परेको थिएन । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ ।
जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा (एस), माओवादी केन्द्र, नेससपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply