मन्त्रिपरिषद् निर्णय : उखुको मूल्य निर्धारण, विभुषण वितरणको मापदण्ड बनाउन समिति गठन
४माघ, काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको छे भने उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताए ।
‘विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले गर्वबोध गरोस् र राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समति गठन गर्ने निश्कर्षमा मन्त्रिपरिषदको आजको बैठक पुगेको छ’ उनले भने ।
उनका अनुसार सरकारका प्रवक्तामा सूचना तथासञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ । अर्को बैठकदेखि शर्माले नै मन्त्रिपरिषद्को निर्णय सुनाउने छिन् । त्यसै गरी बैठकले दुई जना सचिवको पनि सरुवा गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply