दुई छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं : ओली
६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो-चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।
एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।
उनले अघि भने, हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्याएर उनीहरुका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने उनले बताए । ओलीले भने, हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रतामा कुनै सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply