संसद प्रतिपक्षको हो भन्ने मान्यतामा सचेत छु : सभामुख घिमिरे
७ माघ, काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने बेलायती सिद्धान्तलाई अभ्यास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचित भएपछि शनिवार पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताएका छन् ।
उनले भने– ‘संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्ष दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसदमा उसले तदअनुरुपको अवसर पाउनुपर्ने भएकोले बेलायतको संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्छ भन्ने कुरामा पनि म सचेत रहेको छु ।
उनले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply