प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारको निर्णय
११ माघ, काठमाडौं । सरकारले संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको सवारी भइरहेकै बेला नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनलाई प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न सेन्टरमा लगेको थियो ।
तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गर्दै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।
आज बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply