१२ माघ २०७९, बिहीबार ०२:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माओवादीको स्थायी समिति बैठक बस्दै
१२ माघ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।
केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफल पनि बैठकको एजेण्डा भएको बताए ।
यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।
अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता गरेर जाने समझदारी बनेको नेताहरु बताउँछन् ।
बैठकमा सरकारको कामकारबाही, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply