आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड
१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् ।
उनले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड हात पारेका छन् ।
आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।
आसिफ स्पिरिट अप क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनियनमा परेका हुन् ।
आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।
खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।
कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए । तर आसिफले रन आउट गरेनन् ।
आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।
आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट इयर अवार्ड जितेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply