राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीकाे निर्णय
१३ माघ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) बसेको स्थायी समिति बैठकले राष्ट्रपति साझा संवैधानिक पद भएकाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले भने, राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा आवाज आएको छ । बैठकमा सहभागी अधिकांश नेताहरुले राष्ट्रपतिका लागि साझा व्यक्ति आवश्यक पर्ने बताउनु भएको छ, उनले थपे, राष्ट्रिय सहमतिको दिशामा हामी जान्छौँ। सहमति खोज्ने नीति छ ।
उनले त्यो राष्ट्रिय सहमति नेकपा एमालेसहितको हुने पनि बताएका छन् । राष्ट्रिय सहमति हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिँदैन। तर त्यो भनेको एमालेसहितको राष्ट्रिय सहमति हो, उनले थपे, हामीले राष्ट्रिय सहमति खोजेर एमालेलाई धोका दिएको होइन । स्थायी समितिको अर्को बैठक १६ माघमा बस्ने निर्णय भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply