क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो,अटाएनन् सन्दीप
१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करन केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी छन् । यस्तै, विनोद भण्डारी, सागर ढकाल, सुन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनास बोहरा, सुर्य तामाङ, विवेक यादव, भीम सार्की छन् ।
यसैगरी, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी पनि बन्द प्रशिक्षणमा परेका छन् । बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । उनलाई प्रशिक्षणमा फर्काउन क्यानले पहल गरिरहेको थियो । तर, त्यसको सार्वजनिक आलोचना भएको थियो ।
लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply