रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थि। तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।
२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ।
यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि उनी आइतवार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगे। त्यहाँ उनले नेपाली नागरिकताका लागि निवेदन पेश गरेका हुन्।
यससँगै उनले दोसरो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्। उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताए।
रविले अमेरिकी नागरिकता लिएपछि स्वत: खारेज भएको नेपाली नागरिकता नै प्रयोग गरेकाले उनले सबै पद गुमाएका थिए।
चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिककमा रुपमा सक्रिय हुन सक्नेछन्।
तर उनीविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोगसहितमा छानबिन अघि बढ्ने सम्भावना पनि छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply