रवि लामिछानेले लिए नेपाली नागरिकताको प्रमाणपत्र
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक ठहर रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
२०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थि। तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन्।
२०५० सालमा लिएर बीचमा त्यागिसकेको नागरिकता नै पेश गरेर उनले नेपाली राहदानी निकालेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा पनि उनले त्यही नागरिकता निर्वाचन आयोगमा पेश गरेका थिए।
त्यसपछि चितवन क्षेत्र नम्बर २ बाट सांसदमा उठ्दा पनि उनले पुरानै खारेज भइसकेको नागरिकता पेश गरेको खुलेको छ।
यस्तोमा उनको यो सबै प्रक्रियालाई खारेज गर्दै सर्वोच्चले उनलाई नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाउन पाउने गरी आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि उनी आइतवार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगे। त्यहाँ उनले नेपाली नागरिकताका लागि निवेदन पेश गरेका हुन्।
यससँगै उनले दोसरो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन्। उनका सहयोगी प्रकाश सिग्देलले रविको नाममा नागरिकता जारी भइसकेको बताए।
रविले अमेरिकी नागरिकता लिएपछि स्वत: खारेज भएको नेपाली नागरिकता नै प्रयोग गरेकाले उनले सबै पद गुमाएका थिए।
चितवन २ बाट निर्वाचित सांसद, गृहमन्त्री र रास्वपा सभापति पदसमेत गुमाएका उनले अब नेपाली नागरिककमा रुपमा सक्रिय हुन सक्नेछन्।
तर उनीविरुद्ध दोहोरो राहदानी प्रयोग, खारेज भइसकेको नागरिकताबाट पदमा पुगेर कानुनी दुरुपयोगसहितमा छानबिन अघि बढ्ने सम्भावना पनि छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply