साँघुरो भन्दै सभामुखद्वारा लैनचौर निवासमा बस्न अस्वीकार
१८ माघ, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ नछाडे पछि नव नियुक्त सभामुख देवराज घिमिरेको वासस्थान अझै तय हुन सकेको छैन ।
५ माघमा सभामुखमा निर्वाचित घिमिरे हालसम्म सरकारी निवासमा सरेका छैनन् । सभामुखका लागि चाहिने सुविधा कम भएको भन्दै उनले निवास सर्न इन्कार गरेका हुन् । लामो समयदेखि सभामुखले प्रयोग गर्दै आएको सरकारी निवासबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा ‘हट्नु परे’ सँगै राष्ट्रियसभा अध्यक्ष तिमिल्सना सो भवनमा सरेका थिए । तर, अग्नि सापकोटा सभामुख चयन भएर आउँदा पनि पुरानो सभामुख निवासबाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो ।
अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन्, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन चयन गर्न नै गाह्रो भइरहेको छ ।
‘पुरानो सभामुख निवासबाट राष्ट्रिय सभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुख ज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफलमा नै छौं, सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने । यद्धपी, सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन भने चाँडै हुने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply