कसैलाई झ्याल र कसैलाई ढोकाबाट सूचना दिँदैनौं : मन्त्री पौड्याल
१८ माघ, काठमाडौँ । परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा श्रीलङ्का जाने भएकी छन् । आज (बुधबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी गराइएको हो । उनी भोलि (बिहीबार) श्रीलङ्कातर्फ प्रस्थान गर्नेछिन् । मन्त्री पौड्यालले श्रीलङ्का भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुस्ट रूपमा दिइने बताएकी छन् । उनले सबै सञ्चारकर्मीलाई ह्वाट्सएप वा इमेल ग्रुपबाट सूचना दिने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, सूचना हामी समयमा नै दिनेछौँ । ह्वाट्सएप वा इमेल ग्रुपमा काम गर्नेछौँ । सकेसम्म हामी ग्रुपमा सूचना दिन्छौँ । कसैलाई ढोकाबाट, झ्यालबाट गर्दैनौं । मन्त्री पौड्यालले श्रीलङ्का भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन् । उनले परराष्ट्र नीतिका बारेमा पनि एक पटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको बताइन् ।
शुक्रवार मन्त्री पौड्यालले श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । त्यही दिन उनले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply