सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
१९ माघ, काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट श्रृङ्खलालाई लक्षित गरेर पूर्व कप्तान समेत रहेका सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।
यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग हुने श्रृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।
सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले अस्ती मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप गएको असोज २० गते पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply