सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश
१९ माघ, काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट श्रृङ्खलालाई लक्षित गरेर पूर्व कप्तान समेत रहेका सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।
यसअघि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग हुने श्रृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।
सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले अस्ती मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप गएको असोज २० गते पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply