माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच वार्ता
२०माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सत्तारुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । संवादका क्रममा समाजवादीलाई सत्तामा ल्याउनेदेखि दुई दलबीचको एकताबारे पनि कुरा भएको स्रोतको दावी छ ।
खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादीसँग संवाद थाल्न नेताहरु खटाएका हुन् । यदि रवि नेतृत्वको रास्वपाले सरकार छाडेको खण्डमा त्यो ठाउँमा समाजवादीलाई भित्र्याउने तयारी प्रचण्डको छ ।
रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर भए पनि समाजवादीलाई भित्र्याउने रणनीतिमा प्रचण्ड छन् । सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलमा समस्या देखिएको बताइरहँदा मन्त्री श्रेष्ठले समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् । यी दुई पार्टी एकता वा कार्यगत मोर्चा बनाउने विषयमा छलफल पनि जारी छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply