माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच वार्ता
२०माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सत्तारुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । संवादका क्रममा समाजवादीलाई सत्तामा ल्याउनेदेखि दुई दलबीचको एकताबारे पनि कुरा भएको स्रोतको दावी छ ।
खासगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादीसँग संवाद थाल्न नेताहरु खटाएका हुन् । यदि रवि नेतृत्वको रास्वपाले सरकार छाडेको खण्डमा त्यो ठाउँमा समाजवादीलाई भित्र्याउने तयारी प्रचण्डको छ ।
रास्वपा सरकारबाट बाहिरिए सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर भए पनि समाजवादीलाई भित्र्याउने रणनीतिमा प्रचण्ड छन् । सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलमा समस्या देखिएको बताइरहँदा मन्त्री श्रेष्ठले समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन् । यी दुई पार्टी एकता वा कार्यगत मोर्चा बनाउने विषयमा छलफल पनि जारी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply