यूएसएआईडी प्रमुख सामन्था आज नेपाल आउँदै
२४ माघ,काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल भ्रमणमा आउँदै छिन् । पावर दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउन लागेकी हुन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।
सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । पावरको भ्रमणका विषयमा युएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
राष्ट्रिय सुरक्षा परिषद्की सदस्य समेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । उहाँ ७ फेब्रुअरीमा फर्किने कार्यक्रम रहेको छ । पावरको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।
पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply