टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो
२५ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।
भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।
टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।
गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।
भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि टर्की सरकारले संकटकाल घोषणा गरेको छ । अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्धार कार्यमा सघाइरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply