राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान सुरु
२५ माघ,दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङको घोराहीमा मतदान शुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले शुरुमा मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराइले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख-उपप्रमुखहरुले अहिले मतदान गरिरहेका छन् । मतदानस्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । उनका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply