राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान सुरु
२५ माघ,दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङको घोराहीमा मतदान शुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले शुरुमा मतदान गरेका छन् । राष्ट्रिय सभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराइले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख-उपप्रमुखहरुले अहिले मतदान गरिरहेका छन् । मतदानस्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । उनका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना छन् । उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply