ओलीसँग डेढ घन्टा छलफल गरेर बालकोटबाट बाहिरिए प्रचण्ड
२५ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भर्खरै सकिएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा आज (बुधबार) बिहान करिब डेढ घण्टा उनीहरूबीच भटवार्ता भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग प्रचण्डले भेटघाट बाक्लो बनाइरहेका छन् । आजै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन् । त्यहाँ नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ ।
उता, लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । उनीहरुबीच यी विषयसहित समसामयिक राजनीतिबारे छलफल भएको बुझिएको छ । आजको भेटवार्तामा भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको वैठक बस्ने सहमति भएको । उक्त वैठकमा नयाँ राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने जनाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply