एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
२५ माघ, काठमाडौं । नेकपा (एमाले) ले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई पार्टी कामका लागि दुई महिनासम्म देशभरका पालिकास्तरमा खटाउने तयारी गरेकोे छ । सम्भवत एक- दुइदिन भित्रै बस्ने पार्टीको सचिवालय बैठकले सबै केन्द्रीय सदस्यहरुलाई जानुपर्ने पालिका तोकेर पठाउने तयारी गरिरहेको बुझिएको छ ।
पार्टी काम र संगठनलाई चुस्त र प्रभावकारी बनाउन यसो गर्न लागिएको एमालेका एक सचिवालय सदस्यले बताए । केन्द्रीय सदस्यलाई जिम्मेवारी तोक्दा जुन जिल्लाको हो, त्यो जिल्ला नपठाई फरक जिल्लाको स्थानीय तहमा पठाउन लागिएको छ । जस्तो, सिन्धुली जिल्ला स्थायी ठेगाना भएको कोही केन्द्रीय सदस्य छ भने सिन्धुली जिल्लाका स्थानीय तहमा पठाइने छैन । तर, प्रदेशमा भने बागमती प्रदेशकै कुनै पालिकामा पठाइने गरि मापदण्ड बनाएको बुझिएको छ । त्यस्तै, एक केन्द्रीय सदस्यलाई कम्तिमा दुई पालिकामा खटाइने गरि मापदण्ड बनाइएको बुझिएको छ । कुन केन्द्रीय सदस्यलाई कुन कुन पालिकामा पठाउने भन्ने आन्तरिक तयारी सबै सके पनि सचिवालयले अहिलेसम्म यसलाई बाहिर ल्याएको छैन ।
स्रोतका अनुसार, यो अभियान आगामी फागुन ७ गते बाट शुरु गर्न लागिएको छ । अभियानमा खटिने सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म त्यहाँ रहँदा के के गर्ने भन्ने बारे पनि केन्द्रीय सचिवालयले नै कामको परिभाषा तोक्ने छ । अहिलेसम्म अधिवेशन हुन नसकेका पालिका तथा वडा तहका अधिवेशन गराउने, नविकरण नभएका संगठित सदस्यहरुलाई स्वयं उपस्थित गराएर मात्र संगठित सदस्य नवीकरणका लागि सिफारिस गर्नुपर्ने, संगठित सदस्यहरुलाई पाटीप्रति बैचारिकरुपले चुस्त र सांगठानिकरुपले उत्तरदायी बनाउने खालका अभियान चलाउनु पर्नेजस्ता कामको जिम्मा दिइने बुझिएको छ । साथै, ती केन्द्रीय सदस्यले दुई महिना स्थानीय तहमा बसेर फर्के पछि त्यहाँ भए गरेका कामको रिर्पोट पार्टीको सचिवालयमा बुझाउनु पर्ने गरि कामको मापदण्ड बनाउन लागिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply