२५ माघ २०७९, बुधबार ११:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित
२५ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।
दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।
राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply