अबको राष्ट्रपति हामीले जो भन्छौं त्यही : ओली
२७ माघ, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति सत्ता साझेदार दलहरूको सहमतिबाट चुनिने बताएका छन् । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले दलहरूकै सहमतिबाट राष्ट्रपति चुनिने बताए ।
अबको राष्ट्रपति को बन्छ ? भन्ने प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, हामीले जो भन्छौं, त्यही बन्छ । अध्यक्ष ओलीले सुदूरपश्चिम सरकार ढल्यो अब केन्द्रमा के हुन्छ भन्ने प्रश्नको जवाफमा, अब हेर्दै जाऔं ।
उनले राष्ट्रपतिको सम्बोधन राम्रो भएको प्रतिक्रिया दिएका छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५० मिनेट सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारी आफूले प्रस्तुत गरेको विषय सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले विकास पूर्वाधार, अर्थतन्त्र सुधार र सरकारको नीति तथा कार्यक्रमबारे स्पष्ट पारिन् । उनले विकास निर्माणले गति लिए पनि त्यो पर्याप्त नभएको बताइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply