चिकित्सक कुटेको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
२९ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीका बेला शुक्रबार प्रहरीले चिकित्सक कुटेको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आज (आइतबार) देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह र वीर अस्पतालमा कार्यरत चिकित्सक डा. आलम घाइते भएका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण दुःखद रहेको भन्दै चिकित्सक संघले आन्दोलन घोषणा गरेको हो ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको हो ।
संघले स्वास्थ्य सेवा लिन आएका बिरामीलाई समेत अस्पताल पुग्न नदिएर सास्ती दिएको भन्दै विरोध गरेको छ । देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा पर्ने असरको जिम्मेवार समेत नेपाल सरकार रहेको संघका महासचिव डा. बद्री रिजालले बताए ।
शुक्रबार भिभिआइपीको सवारीको समयमा प्रहरीले डा. जनिथलाल सिंहमाथि कुटपिट भएपछि विरोधमा उत्रेका अन्य चिकित्सकमाथि पनि कुटपिट गरेको थियो । प्रहरीको कुुटपिटबाट सिंहसँगै डा. आलम र दर्जनौं अन्य स्वास्थ्यकर्मीमाथि पनि कुटपिट भएको वीरका चिकित्सक डा. शेषराज घिमिरेले बताएका छन् । डा. सिंहसँगै घाइते भएर अस्पताल भर्ना भएका डा.जाहिर आलमलाई भने प्रहरीले कुटपिट गरेको फोटो भिडियो खिचेको भन्दै कुटपिट गरिएको चिकित्सकहरूले बताएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply