संयन्त्रको वैठकपछि लिङदेनले भने, ‘राष्ट्रपतिबारे सत्ता साझेदार दलमा कुनै विमति छैन’
२९ माघ, काठमाडौं । सत्ता साझेदार दलहरु आउँदा दिनमा अझ सहकार्य मजबुत बनाएर अघि बढ्न सहमत भएका छन् ।
आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका काम कारबाहीको बारेमा समीक्षा भएको जानकारी दिए । उनले भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ ।
बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्याहरु छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने कुरा भएको छ, अध्यक्ष लिङ्देनले भने ।
उनले राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताए । ‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ उनले भने, हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुप¥यो भने पनि सहमतिबाटै हुन्छ ।
वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चासो राखेका थिए । बैठकमा लामिछानेले चितवन–२ को उपनिर्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । संयन्त्रमा रहेका जसपा, जनमत पार्टी र नागरिक स्वतन्त्र पार्टी सहभागी भएनन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply