१ फाल्गुन २०७९, सोमबार १२:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
१ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालको दुई दिने औपचारिक भ्रमणमा आज (सोमबार) आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त अवसरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए ।
त्यसअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेका थिए । सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा सहभागी थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply