यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गर्दै
२ फागुन,काठमाडौँ । सरकारले आज (मंगलबार) यातायात मजदुर र व्यवसायीसँग वार्ता गर्ने भएको छ । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलबारै वार्ताको लागि पहल थालेको बताएका छन् ।
मन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीका अनुसार मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिलाई आज बिहान साढे ८ बजे छलफलका लागि मन्त्रालयमा बोलाएका छन् । सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको श्रेष्ठको भनाइ छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार गठन भइसकेको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ । ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।
उनीहरूले प्रहरीका दुई वटा भ्यान समेत जलाई दिएका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काएका थिए । सडक डिभाइडर र चोकमा प्रहरी उभिने आइल्यान्डलगायत संरचनामा आगजनी गरेका थिए । आक्रोशित यातायात मजदुरले सोमबार साँझ नयाँ बसपार्कमा सञ्चालित ल्होत्से मलमा समेत तोडफोड गरेका थिए ।
त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको थियो । झपडमा १७ बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए ।
माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply