काठमाडौंमा सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित
२ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण आज (मंगलबार) काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सार्वजनिक सवारी चल्दा जनजीवन प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघले सोमबार एक विज्ञप्ति जारी गरेर मंगलबारदेखि उपत्यकाको सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार मंगलबार बिहानैबाट काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । बिहान निजी सवारी साधन, स्कूल बस र उपत्यका बाहिर जाने लामो दूरीका सवारी साधन भने सञ्चालन भएका छन् । अहिले चोक–चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् ।
विज्ञप्तिमा नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको बताउँदै यातायात मजदुर आफ्नो हक हितका लागि प्रदर्शनमा उत्रनु परेको उल्लेख छ ।
मंगलबार बिहान ८ बजे भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयमा आन्दोलनरत पक्षसँग वार्ता हुने तय भएको यातायात व्यवस्था विभागले जनाएको छ । सोमबार बालाजु बसपार्क एरियामा भइरहेको ट्राफिक नियमविरुद्ध मजदुरहरू आन्दोलनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरूले सडकमा राखिएका डिभाइडर पनि जलाए । सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन् । काठमाडौं महानगरको अनुरोधमा ट्राफिक प्रहरीले बसपार्क एरियामा गाडी पार्क गर्न निषेध गरेको थियो ।
बालाजु, माछापोखरीलगायतका ठाउमा पार्किङ गरेर यात्रु चढाउँदै आएका यातायात मजदुरले ट्राफिकले उक्त एरियामा पार्किङ निषेध गरी बसपार्कमा मात्रै पार्किङ गर्नुपर्ने नियम ल्याएको थियो । यो नियमका विरुद्ध यातायात व्यवसायी प्रदशर्नमा उत्रिएका हुन्। उनीहरूले सडकमै गाडी तेस्र्याएका थिए । प्रदर्शनका क्रममा आन्दोलनरत यातायात मजदुरले प्रहरीका २ वटा गाडी जलाएका छन् भने ढुंगामुढा समेत गरेका छन् ।
यता आज (मंगलबार) आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच आज हुँदैछ । सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो । बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply