बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजश्व कार्यालयको छापा
२ फागुन, काठमाडौं । भारतको आयकर कार्यालयले आज (मंगलबार) ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को नयाँ दिल्लीस्थित कार्यालयमा छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोन समेत कब्जामा लिइएको छ ।
भारतका प्रधनमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री रहँदा भएको कामका विषयमा तयार पारिएको डकुमेन्ट्री प्रसारण गरेको बीबीसीको कार्यालयमा छापा मारिएको हो ।
बीबीसीले निर्माण गरेको मोदीको मुख्यमन्त्रीकालमा भएको गुजरात दंगासम्बन्धी वृत्तचित्र पसशारणपछि बीबीसीको अनलाइन लिंकमा प्रतिबन्ध लगाएको थियो । गुजरातको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग बीबीसीले गएको जनवरी १७ तारिखमा सार्वजनिक गरेको थियो । त्यसको केही समयभित्रै भारतमा अनलाइन लिंक ‘ब्लक’ गरिएको थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आयकार कार्यालयको कुन ‘काउन्टर’ले छापा मारेको भनेर खुलिसकेको छैन । त्यहाँको विपक्षी दल ईडीएन नेसनल कंग्रेसका नेता जैराम रमेशले भने गौतम अडानीका विषयमा संयुक्त संसदीय छानबिनको माग भइरहेका बेला मोदी सरकार बीबीसीको पछि लागेको प्रतिक्रिया दिएका छन् ।
इन्डियन एक्सप्रेसले समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै बीबीसीको मुम्बई कार्यालयमा पनि आयकर कार्यालयले छापा मारेका उल्लेख गरेको छ । आयकर कार्यालयका अधिकारीले छापामा संलग्नहरू कर छली अनुसन्धानकर्ता भएको र ती अधिकारीहरूले कम्पनीको व्यापार सञ्चालनसँग सम्बन्धित कागजातहरू हेरिरहेका जानकारी दिएको उल्लेख गरिएको छ । एजेन्सी
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply