बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजश्व कार्यालयको छापा
२ फागुन, काठमाडौं । भारतको आयकर कार्यालयले आज (मंगलबार) ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को नयाँ दिल्लीस्थित कार्यालयमा छापा मारेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोन समेत कब्जामा लिइएको छ ।
भारतका प्रधनमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री रहँदा भएको कामका विषयमा तयार पारिएको डकुमेन्ट्री प्रसारण गरेको बीबीसीको कार्यालयमा छापा मारिएको हो ।
बीबीसीले निर्माण गरेको मोदीको मुख्यमन्त्रीकालमा भएको गुजरात दंगासम्बन्धी वृत्तचित्र पसशारणपछि बीबीसीको अनलाइन लिंकमा प्रतिबन्ध लगाएको थियो । गुजरातको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग बीबीसीले गएको जनवरी १७ तारिखमा सार्वजनिक गरेको थियो । त्यसको केही समयभित्रै भारतमा अनलाइन लिंक ‘ब्लक’ गरिएको थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आयकार कार्यालयको कुन ‘काउन्टर’ले छापा मारेको भनेर खुलिसकेको छैन । त्यहाँको विपक्षी दल ईडीएन नेसनल कंग्रेसका नेता जैराम रमेशले भने गौतम अडानीका विषयमा संयुक्त संसदीय छानबिनको माग भइरहेका बेला मोदी सरकार बीबीसीको पछि लागेको प्रतिक्रिया दिएका छन् ।
इन्डियन एक्सप्रेसले समाचार संस्था पीटीआईलाई उद्धृत गर्दै बीबीसीको मुम्बई कार्यालयमा पनि आयकर कार्यालयले छापा मारेका उल्लेख गरेको छ । आयकर कार्यालयका अधिकारीले छापामा संलग्नहरू कर छली अनुसन्धानकर्ता भएको र ती अधिकारीहरूले कम्पनीको व्यापार सञ्चालनसँग सम्बन्धित कागजातहरू हेरिरहेका जानकारी दिएको उल्लेख गरिएको छ । एजेन्सी
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply