अनेरास्ववियुको नेतृत्व चयन गर्न मतदान जारी
४ फागुन, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि प्रज्ञा भवन काठमाडौंमा मतदान चलिरहेको छ ।
२ फागुनदेखि चलिरहेको २३औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पाँच जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, याङ्छु योञ्जन, मोती विक र लोकेश निरौलाको उम्मेदवारी परेको छ ।
चार उपाध्यक्षका लागि १७ जनाको प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि पनि पाँच जना बीच नै प्रतिस्पर्धा छ ।
सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा छन् । १० सचिव पदका निम्ति ५८ जनाको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा पनि पाँच जना नै उम्मेदवार छन् । संगम अर्याल, सुजन कार्की, प्रज्वल फुँयाल र प्रदीप बीसीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । चुनावी मैदानम उत्रिएका उम्मेदवार संख्या ६१४ रहेको अध्यक्ष मण्डलका सदस्य रचना खड्काले बताइन् ।
उनका अनुसार, अहिले ४२ मत केन्द्रबाट मतदान भइरहेको छ । उनका अनुसार, आजै नतिजा आउनेछ । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply