एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार : भट्टराई
६ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताएका छन्।
शनिबार प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयाजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले राष्ट्रपतिको उम्मेदवारबारे चर्चा गरेका हुन्।
उनले भने, एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ।
यस्तै सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताए।
उनले भने, त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो। त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो। टुट्नुपर्ने नै थियो।
साथै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँ एमालेलाई खोज्दै आएको टिप्पणी पनि गरे।
उनले भने, पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उहाँको प्रस्ताव थियो। राष्ट्रपतिको कुरा पनि प्रचण्डले आफैँ दिनुभएको हो। पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply