त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘सर्भर डाउन’ उडान प्रभावित
८ फागुन,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा पुनः समस्या आएको छ । विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको विमानस्थलले जानकारी दिएको छ । केही दिनअघि पनि विमानस्थलको सर्भरमा खराबी आएको थियो ।
सर्भर डाउन भएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । सर्भरमा समस्या आएसँगै सयौँ यात्रुहरु अलपत्र परेका छन् ।
सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केहीछिनमा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले भने ।
तर, यस समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू समेत प्रभावित हुन पुगेको उनले जानकारी दिए । टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोहीँ समस्या देखिएको प्रवक्ता सिटौलाको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply