विश्वकप लिग- २ को अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै
९ फागुन, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । यो खेल जितेमा नेपालले कीर्तिमानी बनाउने छ । नेपालले स्कटल्याण्डसँग यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघिको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।
त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो श्रृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजोको खेलमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्याण्ड ३५ खेलमा ५० अंकसहित शीर्षस्थानमा छ ।
लिग–२ को च्याम्पियन बनेको स्कटल्याण्डले आज नेपालको खेलपछि नै ट्रफी पाउने छ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन् ।
लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अंक छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अंक र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अंक छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अंक छ ।
नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अंक मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अंक हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अंक हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply