स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य
९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
पहिले ब्याटिङमा आएको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । काएल कोएत्ज र जर्ज मुन्सीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे ।
पहिलो खेलमा नामिबिया विरुद्ध शतक बनाएपछि दुई खेलमा बेन्चमा बसेका बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल थमाए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए ।
पहिलो विकेट गुमाए पनि मुन्सीले आक्रमक ब्याटिङ गरिरहेका थिए । तर १४औं ओभरमा सन्दीपले लगातार दुई बलमा विकेट लिएपछि नेपालले खेलमा कमब्याक गर्यो ।
मुन्सेले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । लगत्तै कप्तान रिची बेरिङटनलाई एलबीडब्लु धरापमा पारे ।
कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए ।
उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए ।
११८-५ को अवस्थामा रहेको स्कटल्याण्डका लागि विकेटकिपर म्याथ्यु क्रस र ब्रान्डोन म्याकमुलेनले इनिङ्स अघि बढाए । यी दुईले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गरे ।
३५औं ओभरमा नेपालले यो साझेदारी तोड्यो । करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्पत रनआउट गरे । लगत्तै करणले नेपालले विरुद्ध अघिल्लो खेलमा शतक बनाएका माइकल लिस्कलाई बोल्ड गरे । ओडीआई क्रिकेटमा मा करणको यो ५०औं विकेट हो ।
करणले नै ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराए ।
राजवंशीले ४० ओभरमा ७ रन बनाएका क्रिस ग्रिभ्सलाई एलबीडब्लु धरापमा पारे । करणले अन्तिम विकेटको रुपमा मार्क वाटलाई आउट गरे ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।
करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply