देश बनाउन लिएको अग्रसरतालाई अझ द्रुतगतिमा अघि बढाउन चाहन्छौं : केपी ओली
९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको बताउनु भएको छ ।
शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा शुभकामना दिनुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले लोकतन्त्रलाई राजनीतिक अधिकारको संकुचित परिभाषाबाट माथि उठाउँदै जनताका आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेका उल्लेख गर्नुभएको छ ।
एमाले जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहेको उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
शुभकामना
शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी/दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
बहुसांस्कृतिक विशेषताहरु हाम्रो सुन्दर देश नेपालका मौलिक पुँजीको रूपमा रहेका छन् । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु हुन् । हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यहाँ विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाहरू सम्मानित उनीहरूका भाषा, लिपी, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाहरू संरक्षित छन् ।
नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण र आचरणसिद्ध लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ ।
नेकपा (एमाले) जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छ । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न म सबैमा आग्रह गर्दछु । अन्त्यमा, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारका अवसरमा दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply