प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा वार्ता
११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
उक्त वार्तामा अध्यक्ष नेपाल अन्य शीर्ष नेताहरुलाई लिएर सहभागी भएका हुन्।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दाबी प्रस्तुत गरिरहेको समाजवादीको नेतृत्व र प्रधानमन्त्रीबीच वार्ता भएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै नेपाल सक्रिय भएका हुन्।
उनले बुधबार मात्रै पार्टी कार्यालय आलोकनगरमा राष्ट्रपतिका अर्का दाबेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर आफूलाई सघाउन भनेका थिए।
त्यस्तै हिजै अध्यक्ष नेपालसँग चिनियाँ राजदूत चेन सोङले पनि कोटेश्वरमा पुगेर वार्ता गरेका थिए। उक्त भेट पनि राष्ट्रपति निर्वाचनमै केन्द्रति थियो।
बुधबारै बसेको समाजवादी सचिवालयको बैठकले सकेसम्म राष्ट्रपति पद लिने निर्णय गर्दै त्यसका लागि एमालेसहित सबै दलसँग संवाद गर्ने जनाएको थियो।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply