‘जनयुद्ध दिवस’बारे ओलीको आक्रोश : हिंसाको धङधङी अझै बाँकी रहेछ
११ फागुन, काठमाडौं । पुस १० गते बनेको सात दलीय गठबन्धन सरकारमा खटपटको प्रष्ट संकेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट दिएका छन्।
बिहीबार बालकोटमा आयोजित ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
बिहीबार नै जन्मदिन मनाइरहेका ७२ औँ जन्मदिन मनाइरहेका ओलीले सम्बोधनका क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नभए बताए।
अब हामीलाई कुनै किसिमको कलह चाहिएको छैन। हामी हाम्रो देशको समस्या समाधान गर्न सक्षम छौँ’, उनले भने, ‘अहिलेकै सरकार (पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको) ले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो।
उनले आज संसारका केही मुलुकहरुबाहेक अन्यत्र नेपालको जस्तै स्वतन्त्रता रहेको बताउँदै यसलाई सानो उपलब्धी भन्न नहुने उल्लेख गरे।
नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो। हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ, उनले भने, हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो। हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो। त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो।
उनले एमालेसमेत साझेदार रहेको प्रचण्ड नेतृत्वको सरकारले गरेको उक्त निर्णयमा प्रश्न उठाए। ‘सरकारले किन हिंसा दिवस मनाउने निर्णय गर्यो?, उनले भने, त्यो निर्णय आकष्मिक रुपमा गरेको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply