एमालेले बोलायो सचिवालयको बैठक
११ फागुन, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शनिवार अर्थात फागुन १३ गते बिहान बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रपति चुनाव लगायत देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ । राष्ट्रपति चुनावका लागि फागुन १३ गते नै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
गत पुस १० गते सरकार गठनका बेला सत्ता साझेदार दलबीच राष्ट्रपति पदमा एमाले उम्मेदवार उठाउने सहमति भएको थियो । एमाले सोही सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेको छ । तर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमति जुटाउने भन्दै कांग्रेससहितका नेताहरुसँग छलफलमा केन्द्रित भएपछि एमाले ससंकित बनेको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आउनु भएको छ । नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने र त्यो उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने बताउँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको पुरानो गठबन्धन बिउँताउनेबारे अहिले कुनै निर्णय नभएको बताउनु भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply