१२ फाल्गुन २०७९, शुक्रबार ०९:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अरु घटनाक्रम थाहा छैन, एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ : ओली
१२ फागुन, काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।
आज (शुक्रबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने जानकारी दिएका हुन् ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरेका हुन् । अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको पनि ओलीले बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान ९ बजेलाई एमालेले सचिवालय बैठक डाकेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply