बालुवाटार बैठकअघि ओली–नेपालबीच वार्ता
१२ फागुन,काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगञ्जमा भेट भएको हो ।
ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ‘दुवै नेताहरुबीच करिव आधा घण्टा छलफल भएको छ’ स्रोतले भन्यो । गत आइतबार पनि दुवै नेताहरुबीच पनि महाराजगञ्जमा बैठक भएको थियो ।
भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यसपछि नेपालले विभिन्न राजनीतिक दलहरुसँग राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा छलफल समेत चलाउँदै आएका थिए । शुक्रबार बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply