मुलुक अन्त्यहीन अस्थिरतातिर धकेलियो : एमाले
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
‘राजनीति भनेको भागबण्डा मात्रै हो, र त्यसका लागि जे पनि हुन्छ भन्ने कुरालाई बल पुगेको छ, ज्ञवाली भन्छन् । पूर्वसहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णयले प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वासनीयता कमजोर बनेको उनी बताउँछन् ।
कतिपय नेताको विश्वासनीयतामाथि प्रश्न उठेको छ । यसले राजनीतिमा बितृष्ण जोगाउने कार्यलाई नै मद्दत पुग्छ, ज्ञवाली भन्छन् । प्रचण्डले गठबन्धन बदल्ने निर्णय गर्नुलाई बाह्य शक्तिको दबावका रुपमा समेत बुझ्नुपर्ने उनको तर्क छ ।
‘जस्तो भूराजनीतिक दबावबारे चर्चा भइरहेको थियो । अहिले गठबन्धन बदल्ने कुराले हामी आफ्नो निर्णय गर्न सक्ने शक्ति सामथ्र्यमाथि प्रश्न उठेको छ, उनी भन्छन् ।
सरकारको नेतृत्व गरिररहेको माओवादी केन्द्रले गठबन्धन बदलेपछि विकसित परिस्थितिबारे भोलि बस्ने सचिवालय बैठकबाट निर्णय हुने उपमहासचिव ज्ञवालीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply