बागमती प्रदेश : सरकारबाट बाहिरिएको राप्रपाको घोषणा
१३ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारबाट राप्रपा अलग हुने भएको छ । प्रदेशसभाको आज (शनिबार) बसेको बैठकको विशेष समयमा बोल्दै राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी सरकारबाट अलग भएर प्रतिपक्षमा रहने घोषणा गरेका हुन् ।
उनले औपचारिक रूपमा प्रदेशका मुख्यमन्त्रीलाई सामुहिक रूपमा राजीनामा बुझाउने बताए । उनका अनुसार प्रदेश सरकारको राम्रा कामलाई समर्थन गर्दै राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्नेछ ।
उनले सत्तापक्षमा रहँदा समेत अपहेलित हुन परेको भन्दै दुःख व्यक्त गरेका छन् । राप्रपाले संविधान विपरीतका कुनै पनि कदम नचालेको उनले बताए । संवैधानिक राजतन्त्र, वैदिक सनातन हिन्दु राष्ट्र निर्माण, संघीयता नभई एकात्मक राज्य व्यवस्थासहित सशक्त स्थानीय तह निर्माण राप्रपाको एजेन्डा भएको उनले बताए ।
राप्रपाले सरकारमा गएर पनि यिनै मुद्दाहरूमा काम गर्ने योजना बनाएको र वर्तमान अवस्थाको राजनीतिक घटना क्रमका कारण आफूहरू सरकार छाड्न बाध्य भएको उनले बताए । जनताको मागलाई सम्बोधन गर्दै सङ्घीयता खारजीको वकालत गर्दै आएकोमा सरकारको नेतृत्व कर्ताले संविधानको बर्खिलाप भएको भन्दै स्पष्टीकरण सोध्नु गलत भएको उनले बताए ।
आगामी दिनमा पनि सरकारमा आउने मन्त्री र पदाधिकारीलाई सहयोग गर्दै संघीयाता खारेजीको माग निरन्तर गर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply