सन्दीप विदेश जान पाउने/नपाउने आज टुंगो लाग्ने
१४ फागुन, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ।
उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन्। आज सर्वाेच्चको सुनुवाइ उनलाई धरौटीमा छाड्न गरेको आदेश ठीक छ कि छैन भन्ने विषयमा केन्द्रित हुनेछ।
उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ।
यसैबीच सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ। दुवै निवेदनलाई सँगै राखेर सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो।
सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जना लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मान मर्यादामा आँच पुर्याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।
सन्दीपले क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेस गरेर आइतबारका लागि पेसी तोक्न भनेको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply