परराष्ट्रमन्त्रीलाई रोकिएको जेनेभा बैठकमा सहभागी हुँदै गोविन्द बन्दी
१६ फागुन, काठमाडौं । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको ५२ औं बैठकमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृतव गर्दै उनी सोमबार बिहान जेनेभा पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारका रुपमा बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले बताएको छ।
कोइरालालाई जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र नियोगका अधिकारीले स्वागत गरेका थिए।
बन्दी सहभागी भएको यही कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुने कार्यक्रम थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले उनको भ्रमण रोकिदिएका थिए।
जेनेभा जान विमानस्थलतिर हिँड्न लागेकी परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले रोकिदिए
प्रधानमन्त्री सो व्यवहार ठिक नगरेको भन्दै एमालेले आपत्ति जनाएको थियो भने प्रचण्ड नेतृत्वको सरकारबाट समेत बाहिरिएको छ।
नियोगका अनुसार मानवअधिकार परिषद्का अध्यक्ष एचई भाक्लाभ बालेकले परिषद सत्रको उद्घाटन गरेका थिए।
कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रेहको पनि नियोगले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा सचिव श्री सापकोटा, परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल, राजदूत÷स्थायी प्रतिनिधि र जेनेभास्थित स्थायी नियोगका अन्य अधिकारी सहभागी छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply