परराष्ट्रमन्त्रीलाई रोकिएको जेनेभा बैठकमा सहभागी हुँदै गोविन्द बन्दी
१६ फागुन, काठमाडौं । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको ५२ औं बैठकमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) सहभागी भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृतव गर्दै उनी सोमबार बिहान जेनेभा पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवअधिकार सल्लाहकारका रुपमा बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले बताएको छ।
कोइरालालाई जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र अन्य अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र नियोगका अधिकारीले स्वागत गरेका थिए।
बन्दी सहभागी भएको यही कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल सहभागी हुने कार्यक्रम थियो। तर, अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले उनको भ्रमण रोकिदिएका थिए।
जेनेभा जान विमानस्थलतिर हिँड्न लागेकी परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीले रोकिदिए
प्रधानमन्त्री सो व्यवहार ठिक नगरेको भन्दै एमालेले आपत्ति जनाएको थियो भने प्रचण्ड नेतृत्वको सरकारबाट समेत बाहिरिएको छ।
नियोगका अनुसार मानवअधिकार परिषद्का अध्यक्ष एचई भाक्लाभ बालेकले परिषद सत्रको उद्घाटन गरेका थिए।
कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रेहको पनि नियोगले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा सचिव श्री सापकोटा, परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल, राजदूत÷स्थायी प्रतिनिधि र जेनेभास्थित स्थायी नियोगका अन्य अधिकारी सहभागी छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply