राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको अधिकतम खर्च सीमा चार लाख
१६ फागुन, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ । राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने भएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।
तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १÷१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०÷२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।
यसैगरी, आयोगले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू गर्ने भएको छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुने भएकाले आयोगले ५ चैतसम्म आचारसंहिता लगाउने लागेको हो । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । दुवैविरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply