राष्ट्रपति निर्वाचन : आजबाट आचारसंहिता लागु
१७ फागुन,काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजबाट आचारसंहिता लागू हुने भएको छ। आचारसंहिता आगामी चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ।
आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ।
आगामी पागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।
क-कसलाई लाग्छ आचारसंहिता?
१) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
२) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
३) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
४) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
५) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
६) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
७) उम्मेदवार तथा उमेदवारको प्रतिनिधि,
८) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
९) सार्वजनिक पद धारण गरेको व्यक्ति,
१०) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
११) मतदाता
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply