केपी ओली कप’ को आज फाइनल : उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै
१७ फागुन, काठमाडौं । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिताको फाइनल खेल आज (बुधबार) हुँदैछ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत ११ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल आज बुधबार हुन लागेको हो । प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो ३ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो भने आयोजक युवा संघको केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको थियो ।
आज हुने खेलको विजेता टोलीले उपाधिसहित १० लाख नगद र उपविजेता टोलीले नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट विधाका खेलाडी र उदयीमान खेलाडीलाई जनही ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply