केपी ओली कप’ को आज फाइनल : उपाधिका लागि सातदोबाटो र मछिन्द्र भिड्दै
१७ फागुन, काठमाडौं । ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप’ प्रतियोगिताको फाइनल खेल आज (बुधबार) हुँदैछ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा गत ११ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल आज बुधबार हुन लागेको हो । प्रतियोगिताको उपाधिका लागि ‘ए’ डिभिजनका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो ३ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो भने आयोजक युवा संघको केपी ओली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको थियो ।
आज हुने खेलको विजेता टोलीले उपाधिसहित १० लाख नगद र उपविजेता टोलीले नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट विधाका खेलाडी र उदयीमान खेलाडीलाई जनही ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply